त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दीपक मल्होत्रासँग भएका सबै सम्झौता खारेज गर्न माग

काठमाडौं, ८ असार । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुबोधराज शेर्पालीले सुन काण्डका मुछिएका विवादित व्यवसायी दीपक मल्होत्रासँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएका सम्झौताहरु खारेजीको माग गरेका छन् ।

व्यवसायी मल्होत्रा एक सय किलो सुन काण्डमा मुछिएका व्यवसायी हुन् । यद्यपि उनलाई अहिलेसम्म अनुसन्धानका लागि कुनै पनि निकायले बोलाएको छैन । मल्होत्रा पटक–पटक सुन काण्डमा मुछिँदा पनि सरकारले कारबाहीको दायरामा ल्याउन नसकेको अध्यक्ष शेर्पाली बताउँछन् ।

‘सरकार दीपक मल्होत्रासँगको सम्झौता खारेज गरियोस् । पटक–पटक सुन प्रकरणमा मुछिएका उनीइ किन पक्राउ पर्दैनन् ? सरकार यस्तोलाई अनुसन्धान गर्न ढिला गर्नुहुन्न । नेपाललाई सुनचोरीको मार्ग बनाएर कहाँ सप्लाई गर्छन् ? तुरुन्तै अनुसन्धान होस् कारबाही होस्,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अन्तराष्ट्रिय विमानस्थल तर्फको आगमन कक्ष (पार्किङसहित) लगायतका संरचनाहरु व्यवसायी मल्होत्राले लिजमा लिएर भाडामा दिएका छन् । विमानस्थलको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) आइएमएस ग्रुपको नियन्त्रणमा रहेको पाइएको छ। विमानस्थल बाहिर र भित्रका गतिविधि हेर्न जडान गरिएका सिसीटिभीको मुख्य नियन्त्रण कक्ष उक्त ग्रुपको नियन्त्रणमा रहेको पाइएको हो। सिसिटीभीमा कैद हुने गतिविधिमा सिधै सो कम्पनीका कर्मचारीको पहुँच छ। उक्त ग्रुप पनि व्यवसायी मल्होत्राको नै हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।