ललिता निवास प्रकरण : २ जना मोही सीआईबीको नियन्त्रणमा, पक्राउ पर्नेको संख्या १९ पुग्यो
काठमाडौं। ललिता निवास प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।
सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे थप केही खुलाइएको छैन ।
यस प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ ।
नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा लगिएको सीआईबीको दाबी छ ।


