विद्यार्थीको परीक्षा नदिने अडानपछि त्रिविले गर्‍यो प्रश्नपत्र नै परिवर्तन

काठमाडौं । विद्यार्थीले पाठ्यक्रम भन्दा बाहिरको प्रश्न सोधिएको भन्दै परीक्षा नदिने अडान लिएपछि त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र नै परिवर्तन गरेको छ ।

सोमबार मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षको ऐच्छिक विषय इतिहास अन्तर्गतको इन्टरडक्सन टु टुरिज्म डेभलपमेन्ट विषयको परीक्षा थियो । तर प्रश्नपत्र पाठ्यक्रम बाहिरबाट सोधिएको भन्दै विद्यार्थीले विरोध गरेपछि दोस्रो प्रश्नपत्र दिएर परीक्षा सञ्चालन गरेको हो ।

पहिला बाँडिएको प्रश्नपत्रमा ६ वटा प्रश्न भारतसँग सम्बन्धित थिए । यी कुनै पनि प्रश्न पाठ्यक्रममा नरहेको र पढ्नु नपर्ने भन्दै विद्यार्थीले परीक्षा नदिने अडान लिएका थिए । त्यसपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अर्को प्रश्नपत्र पठाएपछि विद्यार्थीले परीक्षा दिएका छन् ।

जनज्योति बहुमुखी क्याम्पस कञ्चनपुरका परीक्षार्थी पवन अवस्थी भन्छन् ‘ठ्याक्क १२ बजे प्रश्नपत्र हातमा परेपछि हेर्दा ५ वटा प्रश्न त भारत सम्बन्धित मात्रै थियो । जब कि यो कुनै पनि कुरा स्लेबस (पाठ्यक्रम) मा छैन ।’ नेपालको इतिहास, पर्यटनको विषयमा पढ्नुपर्ने तर प्रश्नपत्रमा भारतसँग सम्बन्धित धेरै प्रश्न सोधिएको उन बताउँछन् ।

प्रश्नपत्र पाठ्यक्रम भन्दा बाहिरको भएपछि अधिकांशले परीक्षा नदिने अडान लिए । त्यसपछि क्याम्पस प्रमुख प्रकाशदत्त जोशीले पाठ्यक्रम भन्दा बाहिरको सोधिएको स्वीकार गर्दै त्रिविको परीक्षा नियन्त्रण कार्यालयसँग कुरा गरेका थिए । त्यसको ५० मिनेटपछि पनिकाले अर्को प्रश्नपत्र पठाएपछि परीक्षा दिएको विद्यार्थी पवन अवस्थीले बताए ।

त्रिविका सह–परीक्षा नियन्त्रक सुरेश जंग शाहीले भने पाठ्यक्रम भन्दा बाहिरको प्रश्न नसोधिएको दाबी गरे । इतिहासको दायरा फरक हुने र जहाँबाट पनि सोध्न सकिने तर्क गरे । उनले भने ‘स्लेबसबाहिरको होइन । हाम्रो विद्यार्थीलाई जे जे पढायो त्यो भन्दा बाहिर एक अंश पनि जानु हुँदैन । स्लेबसमा जे छ त्यही सोध्नुपर्ने समस्या छ ।’ विद्यार्थीले परीक्षा नै नदिने अडान लिएपछि अर्को प्रश्न पत्र पठाउनुपरेको उनले बताए ।

जनज्योति बहुमुखी क्याम्पस, कञ्चनपुरका विषय शिक्षक अम्बादत्त जोशीले चार वटा प्रश्न पाठ्यक्रम भन्दा बाहिरको सोधिएको बताए । उनले ‘म आज आफन्त बिरामी भएर अस्पताल जानु परेकाले प्रश्नपत्र हेर्न पाएको छैन तर फोनमा सुने अनुसार चार वटा जति प्रश्न पाठ्यक्रम बाहिरको जस्तो बुझेको छु ।’ भारतसँग सम्बद्ध विषयहरु पढ्नुपर्ने भएकाले केही प्रश्न भने पाठ्यक्रम सम्बन्धित नै रहेको उनले बताए ।-अनलाइनखबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।