जब त्रिविको परीक्षामा ६ वटा प्रश्न भारतसँग सम्बन्धित सोधियो

काठमाडौँ । सोमबार मानविकी संकाय अन्तर्गत तेस्रो वर्षको ऐच्छिक विषय इतिहास अन्तर्गत इन्टरडक्सन टु टुरिज्म डेभलपमेन्ट विषयको परीक्षा थियो ।जुन विषयको प्रश्नपत्रमा ९ वटा प्रश्न थियो ।

तीमध्ये ६ वटा प्रश्न भारतसँग सम्बन्धित थिए । प्रश्नपत्र हातमा परेपछि विद्यार्थीहरु अचम्ममा परे । र विद्यार्थीहरुले सेलेबसभन्दा बाहिरको प्रश्नपत्र आएको भन्दै परीक्षा हलभित्रै विरोध जनाउन थाले ।

प्रश्नपत्रमा ६ वटा प्रश्न भारतसँग सम्बन्धित रहेको र यी कुनै पनि प्रश्न पाठ्यक्रममा नरहेको विद्यार्थीले अडान कायम राखे । विद्यार्थीले परीक्षा नदिने अडान लिएका थिए । त्यसपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अर्को प्रश्नपत्र पठाएपछि विद्यार्थीले परीक्षा दिए ।

विद्यार्थीले पाठ्यक्रम भन्दा बाहिरको प्रश्न सोधिएको भन्दै परीक्षा नदिने अडान लिएपछि पनिकाले प्रश्नपत्र परिवर्तन गरेको हो । प्रश्नपत्र पाठ्यक्रम बाहिरबाट सोधिएको भन्दै विद्यार्थीले विरोध गरेपछि दोस्रो प्रश्नपत्र दिएर परीक्षा सञ्चालन गरेको हो ।

नेपालको इतिहास र पर्यटनको विषयमा पढ्नुपर्नेमा भारतसँग सम्बन्धित प्रश्न गरिएपछि विद्यार्थीहरुले परीक्षा नदिने अडान लिएका थिए । प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिर आएको देखिएपछि क्याम्पसहरुले परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेका थिए । त्यसपछि कार्यालयले ५० मिनेटपछि अर्को प्रश्नपत्र पठाएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका सह–परीक्षा नियन्त्रक सुरेशजंग शाहीले पाठ्यक्रमभन्दा बाहिरको प्रश्न नआएको बताए । इतिहासको दायरा फरक हुने भएकाले जहाँबाट पनि सोध्न सकिने उनले बताए । विद्यार्थीले परीक्षा नै नदिने अडान लिएपछि अर्को प्रश्नपत्र पठाउनुपरेको उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।