सुन काण्डमा तपाईंको संलग्नता छ कि छैन ? छैन भने कसको छ ?: गृहमन्त्री श्रेष्ठलाई ओलीको प्रश्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् ।

सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन भनेर प्रश्नसमेत गरे ।

कम्बोडिया भ्रमणबाट गएराति स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘गृहमन्त्रीले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन यसमा ? सानोतिनो संलग्नताबाट त भएको छैन होला ? उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ, को छ यसमा ?’

गत मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको करिब एक क्विन्टल सुन बुधबार भन्सार जाँच पास भएर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको पर्सिपल्ट अर्थात् गत शुक्रबार उपप्रधानमन्त्री श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको अनुगमन गर्न गएका थिए ।

त्यहाँ एक पत्रकारले भ्रष्टाचारको जालो उच्च राजनीतिक तहसम्म फैलिएको भन्दै गृहमन्त्रीको सम्भावित कदमबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र कुनै टारको वा कुनै कोटको भए पनि नछाड्ने प्रतिक्रिया दिएका थिए ।

कम्बोडिया भ्रमणबाट फर्किएपछि ओलीले गृहमन्त्री श्रेष्ठको यही अभिव्यक्तिलाई लिएर निशाना साधेका छन् । उनले मन्त्री श्रेष्ठको त्यो अभिव्यक्ति ‘अनैतिक’ र ‘गैरजिम्मेवार’ भएको बताए ।

ओलीले भने, ‘क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री चाहिँ काँक्राको बियाँ अर्काको गालामा लगेर टाँस्छ मुखैको छेउँमा । यो अत्यन्तै अनैतिक कृयाकलाप हो । गृहमन्त्रीको कृयाकलाप गैरजिम्मेवार । आफू गृहमन्त्री भएर यसको भए पनि उसको भए पनि त्यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ?’

उनले जथाभावी नबोल्न गृहमन्त्री श्रेष्ठलाई सचेत गराए । उनले अगाडि भने, ‘यत्तिकै कोटका गालामा काँक्राको बियाँ टाँस्ने होइन । म उहाँलाई सचेत गराउन चाहन्छु गृहमन्त्रीको हैसियतले उहाँले बोल्दाखेरि तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमिज हुनु एउटा कुरा हो त तर यो त बत्तमिजीको मात्र होइन, गैरजिम्मेवारको हद भयो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।