कोशी सरकार विरुद्धको रिट ‘हेर्दाहेर्दैमा’ बुधबार फैसला आउन सक्ने

काठमाडौं,९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दैमा’ परेको छ ।

सर्वोच्चका न्यायाधीशत्रय डा.आनन्दमोहन भट्टराई,तिलप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित पूर्ण इजलासमा परेको पेसीमा मंगलबार बहस नसकिएपछि बुधबारका लागि ‘हेर्दाहेर्दैमा’ परेको हो ।

गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थापाले आफुलाई बहुमत पु¥याउन माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की सर्वोच्च पुगेका थिए । कार्कीले सर्वोच्चमा थापाको नियुक्ति बदर गर्दै आफुलाई मुख्यमन्त्री बनाउन परमादेश माग गरेका थिए ।

कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ मा न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश जारी गरेको थियो । भने साउन ७ देखि निरन्तर सुनुवाई गर्ने आदेश भएको थियो ।

असार २७ को आदेश बमोजिम सोमबार सुनुवाइ भएको उक्त रिटमा न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाइमा संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै पूर्ण इजलासमा पठाउने आदेश जारी भएको थियो ।

आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आर्चायसहित महान्यायाधीवक्ता दिनमणी पोखरेलले बहस गरेका थिए ।

आज हेर्दाहेर्दैमा परेको उक्त रिटमाथि बुधबार निरन्तर सुनुवाइ हुनेछ । बुधबार उक्त रिटको फैसला आउन सक्ने सम्भावना रहेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।