इन्जिनियरको घरमा चोर्न लायक मूल्यवान सामान केही नभेटेपछि चोरले ५०० को नोट छाडेर गए

काठमाडौं । भारतको राजधानी दिल्लीबाट एउटा अचम्मको खबर आएको छ । रोहिणीको सेक्टर आठ क्षेत्रमा रहेको घरमा चोरहरु चोरी गर्न पसे । चोर गिरोहले पूरै घर खोजे तर चोर्न लायक केही फेला परेन ।

त्यसपछि यो गिरोह घरमा ५ सयको नोट छाडेर त्यहाँबाट गएको थियो । घरधनी फर्केपछि उनले उत्तर रोहिणी प्रहरी चौकीलाई घटनाबारे जानकारी गराएका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

शुक्रबार उत्तर रोहिणी प्रहरी चौकीमा रोहिणी सेक्टर ८ स्थित घरमा चोरीको घटना भएको जानकारी प्राप्त भएको थियो । घटनास्थलमा वृद्धले प्रहरीलाई भने कि उनी आफ्नी श्रीमतीसँग गुरुग्राममा बस्ने छोराकहाँ गएका थिए। शुक्रबार बिहान उनलाई छिमेकीले फोन मार्फत उनको घरमा चोरी भएको जानकारी दिएका थिए ।

गरको ताला भाँचिएको थियो यद्यपि चोरहरूले भित्रबाट कुनै पनि सामान चोरेका छैनन्। तर उनले ढोका नजिकै ५ सयको नोट फेला पारे । अहिले यी नोट चोर्न आएका मानिसहरुले छाडेको प्रहरीले अनुमान गरेको छ । अहिले प्रहरीले नजिकैको सिसिटिभी क्यामेराको फुटेज स्क्यान गरी चोरहरुको खोजी गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।