गृहमन्त्रीको जवाफ माग्ने कांग्रेसको तयारी

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले एक क्विटल सुन तस्करी प्रकरणबारे‍ गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने तयारी गरेको छ । कांग्रेस सांसद रामहरि खतिवडाले सुन तस्करी प्रकरणबारे गृहमन्त्री जवाफ मागिने जानकारी दिए ।

“सुरुमै गृहमन्त्रीले समय लिएर जानकारी गराउनुपर्छ । सय डलर मोजाभित्र हालेर ल्याएको साधारण मानिसले पुलिसले अनुसन्धान प्रक्रियाबाट थाहा हुने, सानो कागज बोके थाहा हुने ! एक सय केजी सुन आउँदा बाहिर कसैलाई थाहा नहुने । झन् पुलिस त अनभिज्ञ छ । यो विषय पार्टीको तर्फबाट म उठाउछु,” उनले भने, “गृहमन्त्रीको जवाफ माग हुन्छ । उहाँको जवाफ चाहिन्छ,” खतिवडाले भने ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकलाई नेकपा (एमाले)ले पनि अवरोध गर्ने तयारी गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖