सुन तस्करीबारे पदम गिरीको नयाँ खुलासाः महरा बाबुछोरालाई नटेरेर भन्सारकै कर्मचारीले बेचे नौ किलो सुन

काठमाडौं, १० साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै दिन नौ किलो अवैध सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थमा भित्रिएको खुलासा गरेका छन् ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले दुवईबाट इलेक्ट्रिक सिग्रेटभित्र राखेर ल्याइएको उक्त सुन माघ २९ गतेसम्म भन्सार कार्यालयमा राखिएको उनले बताए । पुष १० देखि माघ २९ गतेसम्म उक्त सुन बाहिर ल्याउन माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराले पटक–पटक कोशिस गरेको उनको आरोप छ ।

‘२०७९ पौष १० गतेका दिन दुवईबाट नौ किलो सुन इलेक्ट्रिक सिग्रेटका भित्र राखेर ल्याउने काम भयो । १० पौषमा ल्याएको सुन माघको २९ गतेसम्म भन्सारभित्र राखियो । त्यो बीचमा सुनलाई बाहिर लानका लागि धेरै किसिमका खेलहरु भए । हामीले सञ्चार माध्यमबाटै सुन्यौं सत्ता पक्षकै नेता नेकपा (माओवादी केन्द्) का नेता कृष्ण बहराका बाबुछोराले त्यो सुन त्यहाँबाट बाहिर लानका लागि धेरै पटक त्यहाँका अधिकृतहरुलाई फोन गर्नुभयो । त्यो सुन बाहिर पठाउन सम्भव नभएपछि इलेक्ट्रिक सिग्रेटकै रुपमा लिलाममा लानुपर्यो भनेर दवाब आयो । तर, त्यहीका कर्मचारीभित्रबाट ईलेक्ट्रिक सिग्रेटभित्रको सुन निकालेर विक्री गर्ने काम भयो,’– उनले भने ।

सत्ता पक्षकै नेता कृष्ण बहादुर महरा र उनका छोराले एक सय ९५ पटक सुन छुटाउन फोन गरेको उनको दाबी छ । भन्सार अधिकृत भक्तिराज श्रेष्ठले महराका छोराले लिलामका लागि पटक–पटक फोन गरेको स्वीकार गरेको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।