अँध्यारोमा प्रेमीलाई भेट्न गाउँभरि लोडसेडिङ गरिदिने प्रेमिका

सधैँ झलमल्ल भइरहने गाउँमा एक्कासि लगातार लोडसेडिङ हुन थाल्यो । बेलुका भयो कि गाउँमा बिजुली छैन । यो देखेर पुरा गाउँले चकित भए । यतिबेला चोरको बिगबिगी बढ्यो । सबैतिर हल्ला खल्ला भयो, आखिर बेलुका भयो कि किन बत्ती जान्छ ? केहीले विद्युत् प्राधिकरणलाई फोन गरे, प्राधिकरणबाट केही समस्या नभएको खबर आयो । केही युवा यसको जरामा पुग्न चाहे । लोडसेडिङ भएपछि के भएको रहेछ भनेर अनुसन्धान गर्न थाले । तर केही दिनको अनुसन्धानपछि युवकले सधैँ बत्ती जानुको चुरो कुरा पत्ता लगाए ।

खासमा गाउँकी एक युवतीले राती आफ्ना प्रेमीलाई भेट्नका लागि बिजुली बन्द गर्ने रहिछिन् । यसबारे पत्ता लगाएपछि ती युवकहरूले उनीहरूलाई रंगेहात समात्ने निर्णय गरे ।

घटना बिहारको बेतिया गाउँको हो । प्रीति कुमारी नामकी एक युवतीले आफ्ना प्रेमीलाई भेट्नका लागि पुरा गाउँको बिजुली आपूर्ति बन्द गरिदिन्थिन् । छिमेकी गाउँका युवक राजकुमारसँग प्रीतिको माया बसेको थियो । आफ्नो सम्बन्धलाई गोप्य राख्न प्रीतिले यस्तो तरिका अपनाएकी थिइन् ।

‘प्रीतिले प्रत्येक दिन बिजुली आपूर्ति बन्द गरिदिन्थिन् जसका कारण गाउँमा चोरको बिगबिगी बढेको थियो । हामीलाई ती युवतीले साह्रै दुःख दिइन्,’ एक छिमेकीले इन्डिया टुडेलाई भने ।

यी दुईको एउटा भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा प्रीतिले आफ्ना प्रेमीलाई स्थानीयबाट जोगाइरहेको देख्न सकिन्छ । आक्रोशित स्थानीयले राजकुमारलाई कुट्ने धम्की दिइरहेका थिए । कोहीले राजकुमारलाई लट्ठीले एक दुई पटक हानेकोसमेत देख्न सकिन्छ । ती व्यक्ति त्यहाँबाट कसैगरी भागे र बदला लिन गाउँका केटाहरूलाई उठाएर ल्याए ।

अन्ततः घटनालाई साम्य पार्न दुई गाउँका स्थानीय बसेर यी जोडीको विवाह गर्ने मिति तोकियो । यी दुईले अब छिट्टै नै एक स्थानीय मन्दिरमा विवाह गर्दै छन् ।

प्रीतिले आफ्नो सम्बन्धलाई गोप्य राख्ने तरिका सायद भारतकै एक इलेक्ट्रिसियनबाट सिकेकी हुन् । भारतमा एक इलेक्ट्रिसियनले आफ्नी प्रेमिकालाई गोप्य तरिकाले भेट्न पूरै गाउँको बिजुली आपूर्ति बन्द गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।