भेटियो २९० करोड वर्ष पुरानो हिमनदी

एजेन्सी । दक्षिण अफ्रिकाको सुनखानीमा संसारकै सबैभन्दा प्राचीन हिमनदी फेला परेको छ । हालैको एक नयाँ अध्ययनले सो हिमनदीको खुलासा गरेको हो ।

जियोकेमिकल पर्सपेक्टिभ लेटर्स नामक जर्नलमा छापिएको रिपोर्ट अनुसार उक्त हिमनदी दुई अर्ब ९० करोड वर्ष पुरानो हो ।

आमरुपमा हिमनदीहरु ध्रुवीय क्षेत्र वा हिमाली क्षेत्रहरुमा हुने गरेकोमा दक्षिण अफ्रिकाको समतल क्षेत्रस्थित सुनखानीभित्र हिमनदीका अवशेषहरु फेला पर्नु आश्चर्यजनक रहेको शोधकर्ताहरुले बताएका छन् ।

उक्त हिमनदीको अध्ययन गर्नका लागि वैज्ञानिकहरुले दक्षिण अफ्रिकाको उत्तरपूर्वमा अवस्थित पोंगोला सुपरग्रुपको सुनखानीमा गहिरो भागबाट माटो निकालेर जाँच गरेका थिए । जाँचका क्रममा त्यहाँ भेटिएको चट्टान ३२० करोड देखि २८० करोड वर्ष पहिलेको भएको पुष्टि भयो ।

ओरेगन विश्वविद्यालयको ज्वालामूखीजन्य गतिविधि तथा भूरासायनिक विषयका जानकारी प्राध्यापक इल्या बिन्डेम्यानका अनुसार उनीहरुले सुनखानीभित्र निकै सुरक्षित तरिकाले रहेको हिमनदी देखेका छन् । सुनखानीभित्रको हिमनदी कतिपय ठाउँमा निकै नै सुरक्षित तरिकाले रहेको छ ।

त्यसअघि पनि केही वैज्ञानिकहरुले सो क्षेत्रमा प्राचीन हिमनदीका सबूतहरु पत्ता लगाएका भएपनि त्यसको उमेर पत्ता लाग्न सकेको थिएन । त्यसैले शोधकर्ताहरुले कपवाल क्रेटोन क्षेत्रबाट चट्टानको नमूना संकलन गरे । ती चट्टानहरु निकालिएको सुनखानी एंग्लोगोल्ड कम्पनीले चलाउँदै आएको छ ।

चट्टानहरुमा हिमनदीले जम्मा गरेका पदार्थहरु रहेका थिए । जब हिमनदी पग्लिन्छ तब यसले आफ्नो पछाडि केही फोहोर वस्तुहरु छाडिदिन्छ जुन करोडौं वर्ष पुरानो हुनसक्छन् । यस्ता हिमनदीजन्य वस्तुहरुको जाँच ट्रिपल अक्सिजन आइसोटोप विश्लेषण विधिबाट गरिन्छ । त्यहाँबाट त्यस्ता आइसोटोपहरु फेला परेका छन् जो आम रुपमा हिमनदीहरुमा पाइन्छन् ।

तिनै आइसोटोपहरुको आधारमा त्यस ठाउँमा कम्तिमा २९० करोड वर्ष पहिले हिमनदी रहेको पुष्टि भएको हो । त्यो समयमा पृथ्वीमा यत्रतत्र हिउँले ढाकिएको थियो । त्यसबेला हरितगृह ग्याँसहरु थिएनन् र रिभर्स ग्रिनहाउस ग्याँसहरुका कारण पृथ्वी जमेको थियो ।

वैज्ञानिकहरुका अनुसार त्यो पृथ्वीको सबैभन्दा पुरानो चिसो क्षेत्र भएको सबूत पनि हो ।

क्यालिफोर्निया विश्वविद्यालयमा भूगर्भशास्त्रका प्राध्यापक आन्द्रे बेकरले भने उक्त हिमनदीका सबूत प्रमाणहरुको बारेमा अझै थप जाँच हुनु आवश्यक रहेको बताएका छन् । यसबाट पृथ्वीको सुरुआती अवस्थाको मौसम, पर्यावरण तथा जलवायु परिवर्तनका विषयमा ज्ञान तथा बुझाइमा विस्तार हुने र अध्ययनको नयाँ अध्याय सुरु हुने उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।