अब गृहमन्त्रीको राजीनामा होईन, ओली संलग्न ‘गिरी बन्धु टी स्टेट’ प्रकरणको फाइल खुल्छः दीपशीखा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का ईन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले एमालेले माग्दैमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नआउने बताएका छन् । सरकारले एमाले संलग्न रहेको गिरी बन्धु टी स्टेट र बाइड बडीको फाईल खोल्दै छ भन्ने थाहा पाएर एमाले आत्तिएर गृहमन्त्रीको राजीनामा मागेको उनको दाबी छ ।

‘नेपालमा गृहमन्त्रालयले भन्सार हेर्दैन । गृहमन्त्री भन्सारसँग नैतिकरुपमा समेत जिम्मेवार हुँदैनन् । समातेको पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत राजस्व विभागले हो । अनि गृहमन्त्रीको राजिनामा किन माग्दैछ एमाले ? कुरा प्रष्ट छ, एमाले ‘गिरी बन्धु टि–स्टेट’ र ‘बाइड बडी’ को खुल्दै गरेको फाइल रोक्न खोज्दैछ । गृहमन्त्री ओलि संलग्न टि–स्टेटको फाइल खोल्नबाट पछाडी हटुन भन्ने चाहन्छ ।

स्मरण रहोस्, कानुनै संशोधन गरेर ओलीले प्रधानमन्त्री छोड्नुभन्दा ५ दिन अगाढी टि–स्टेटको जग्गा सटही गर्नसक्ने प्रावधान ल्याएका थिए । संसदमा जति उफ्रे पनि न गृहमन्त्रीको राजीनामा आउँछ न फाइल खोल्न रोकिन्छ,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।