तस्कर र भ्रष्टाचारीहरूलाई कारबाही गर्दा एमाले बुरुकबुरुक उफ्रिहाल्छ : माओवादी नेता

काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले तस्कर र भ्रष्टाचारीहरुलाई कारबाही हुने बेला प्रमुख प्रतिपक्ष नेकपा एमाले बुरुक बुरुक उफ्रने गरेको आरोप लगाएका छन् ।

‘अहिले एक क्विन्टल सुन एमालेले पक्रेको हो त ? तस्कर, भ्रष्टाचारीहरुलाई एमालेले भनेर पक्राउ गरेको हो ? उनीहरुलाई कारबाही गर्ने भनेपछि एमालेलाई बुरुक्क बुरुक्क उफ्रिहाल्छ । पहिले पहिले (केपी) ओलीजीले सुनै गायब पार्नुभयो, प्रमुख मान्छे पत्ता लगाउन सक्नुभएन । एमालेलाई थाहा छ भने मुख्य ठेकेदार भनिदिनुपर् यो नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
बिडारीले सुनकाण्डमा सरकारले आवश्यक परे उच्चस्तरीय छानबिन समिति बनाउन सक्ने पनि बताए । उनले भने, ‘अहिले सुनको जालो तोड्ने कोसिस भइराख्या छ । मानिसहरु पक्राउ परेका छन् । प्रमाण फेला परेका छन् । सरकारले अन्य खोजी गरिरहेको छ । राजस्व अनुसन्धान विभाग, सीआईबीले हेरिरहेका होलान् । त्यति पनि थाहा नपाउने पार्टी हुन्छ र ?’ प्रतिपक्षी पार्टीले मुद्दा उठान गर्नु उचित भए पनि संसद् अवरोध गर्नु अपराध भएको उनले बताए ।

एउटा पत्रिकाले एक व्यापारीको फोटो छापेकाले एमाले अध्यक्ष केपी शर्मा ओली अन्टसन्ट बोलिरहेको टिप्पणी पनि उनले गरे । बिडारीले भने, ‘नयाँ पत्रिकाले एउटा ब्यापारीको फोटो छापेको छ । उहाँले त्यो व्यापारीमा आफूलाई देखिरहनुभएको छ । उहाँ किन बहुलाइरहनुभएको छ ? । पत्रिका सरकार अन्तर्गत हुन्छ र ?’

उनले एमालेले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुनपर्ने पनि बताए । बिडारीले थपे, ‘अहिलेका गृहमन्त्री आएपछि धेरै भ्रष्टाचारी र तस्करीको छानबिन सुरु भयो । यसलाई हटाइदिन पाए कारबाही हुँदैन कि भन्ठानेका होलान् । अहिले त गृहमन्त्रीको प्रशंसा गर्नुपर्ने हो । अहिले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन । अर्थतन्त्रमा सुधार गर्नुपर्ने आवश्यकता छ । बरु अर्थमन्त्री र गभर्नरको कुरा मिलेको छ कि छैन ? गभर्नरले कि राजीनामा दिनुपर् यो कि अर्थमन्त्रीसँग समन्वय गर्नुपर् यो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।