दीपेन्द्रको औसत प्रदर्शन, मोन्ट्रियल टाइगर्सको पहिलो हार

काठमाडौं । नेपाली क्रिकेटेर दीपेन्द्र सिंह ऐरी सम्मिलिति मोन्ट्रियल टाइगर्सले ग्लोबल टी२० क्यानडा क्रिकेट लिगमा पहिलो हार बेहोरेको छ ।

दीपेन्द्रले औसत प्रदर्शन गरेको खेलमा मोन्ट्रियल टाएगर्स ब्राम्पटन वल्भससँग १५ रनले पराजित भयो । खेलमा दीपेन्द्रले २८ रन बनाएका थिए र टिमका लागि यो शकिब अल हशनसँगै व्यक्तिगत उच्च स्कोर रह्यो ।

लगातार तीन खेल जितेको मोन्ट्रियलको यो पहिलो हार हो ।

ब्राम्पटनका कोलिन डे ग्रान्डहोम र लोगा भान बिकले उत्कृष्ट बलिङ गरेपछि १४४ रनको लक्ष्य पछ्याएको मोन्ट्रिलए टाइगर्स ५ बल अगावै १२८ रनमा अलआउट भयो ।

मोन्ट्रियलका लागि शकिबले २१ बल र दीपेन्द्रले २४ बलमा समान २८ रन बनाए पनि पर्याप्त भएन । २४ बल खेलेका दीपेन्द्रले २ चौका प्रहार गरेका थिए । दिलप्रित सिंहले २४ रन बनाए ।

ब्राम्पटनका लोगा भान विकले ३ तथा कोलिन डे ग्रान्डहोमले २ विकेट लिए । शाहिद अहमदजाईले पनि २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ब्राम्पटनले १९.५ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो । ब्राम्पटनका लागि कोलिन डे ग्रान्डहोमले ४० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।

उस्मान खानले ३३ तथा मार्क च्यापम्यानले २१ रन जोडे ।

मोन्ट्रियलका कार्लोस ब्रेथवेइटे र आयन अफजल खानले ४-४ विकेट लिए । २ ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले २० रन खर्चेर विकेटविहिन भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।