त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमनमा पुगे अर्थमन्त्री महत

काठमाडौं, ११ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको स्थगलत अनुगमन गरेका छन् । सो क्रममा उनले विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणको लागि सबै सरोकारवाला निकायको समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।

मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणबीच राम्रो समन्वय भए अपराध न्यीनकरण गर्न सहज हुने धारणा राखे ।

महतले एक क्विन्टल सुन तस्करी भएर विमानस्थलबाट बाहिरिएको विषयमा अनुसन्धान जारी रहेको बताए । यस प्रकरणमा एमालेले अर्थमन्त्री महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । कांग्रेसकै सांसद सुनिल शर्माले पनि महतको राजीनामा मागेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।