आँखा स्वस्थ राख्ने उपायहरु

सविता सिंह ठकुरी : आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । आँखा नभई हामी कुनैपनि काम गर्न वा कुनैपनि चिजहरु देख्न सक्दैनौं । आँखाको मद्दतले हामी विभिन्न कामहरु गर्ने गर्दछौं। जसले मानव जीवनलाई सहज र सरल बनाउँछ । मानिसको बढ्दो उमेरसँगै हेर्ने दृष्टि पनि कम हँुदै जान्छ । कतिपय मानिसहरुले कम उमेरमै आँखाले राम्रोसँग हेर्न सकेका हुँदैनन् । अहिलेको समयमा मानिसहरुको आँखा छिटो कमजोर हुने र बच्चाहरुले समेत कम देख्ने समस्या देखिएको छ । कतिपय अवस्थामा खानपिन नमिल्नाले, वंशाणुगत गुण, प्रदुषित वातावरण र कम्प्यूटर, मोवाइलको बढि प्रयोगले यस्तो समस्या देखिने गर्दछ ।

आँखा कम देख्ने समस्याले कतिपय मानिसको जीवनलाई अन्धकारतर्फ धकेलेको हुन्छ । आँखा चिलाउने, पोल्ने, आँशु बगिरहने, घाममा हेर्न नमिल्ने जस्ता समस्याहरु हुने गर्दछन् । त्यसैले हामीले आँखालाई राम्रोसँग ध्यान पु¥याउन जरुरी हुन्छ । विभिन्न अवस्थाले हाम्रो आँखालाई जोखिम पु¥याउँछ । जसले गर्दा हाम्रो आँखामा अन्धकार छाउन सक्छ । आँखामा विभिन्न प्रकारका भाइरसले गर्दापनि असर पार्ने गर्छ । आँखामा कुनै समस्या देखिनासाथ चेकजाँच गरी चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । आँखालाई स्वस्थ्य राख्न कतिपय अवस्थामा हामीले ध्यान दिन जरुरी हुन्छ ।

हाम्रो वरपरको वातावरण कस्तो छ, आँखामा कुनै बस्तु परेमा के गर्ने, कुन अवस्थामा र कति पावरको चस्मा लगाउने भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । यदि बच्चाहरुको आँखामा कुनै समस्या देखापर्ना साथ चिकित्सक कँहा गई चेकजाँच गर्नुपर्दछ । हामीले आँखालाई स्वस्थ्य राख्न विभिन्न कुराहरुमा ध्यान दिन जरुरी हुन्छ र दैनिक लागु गर्नुपर्दछ । जसले मानिसको जीवनलाई सहज र स्वस्थकर बनाउन मद्दत गर्दछ ।

आँखा स्वस्थ राख्न ध्यान दिनुपर्नै कुराहरु

१. भिटामिन ‘ए’ र ई’ पाइने पोषक तत्व प्रशस्त मात्रामा प्रयोग गर्ने ।
२. ओमेगा–३ फ्याटी एसिडको प्रयोग गर्ने ।
३. लुटेन जिंकको प्रयोग गर्ने ।
४. चर्को घाममा सनग्लास लगाउने ।
५. व्यायाम र कसरत गर्ने ।
६. धुलो वा धुवा बाट टाढा रहने ।
७. शरीरलाई हानी पु¥याउने खानेकुराको सेवन नगर्ने ।
८. कम्प्यूटर जस्तो बिद्यूतिय यन्त्रमा काम गर्नुपरेमा चस्माको प्रयोग गर्ने ।
९. आँखालाई नमिच्ने वा कुनै बस्तु परेमा सफा पानीले सफा गर्ने ।
१०. धुम्रपान सेवन नगर्ने ।
११. बच्चाहरुलाई धेरै मोवाइल हेर्न नदिने ।
१२. आँखालाई स्वस्थ राख्न आँखालाई केहि मिनेट सम्म घुमाउने, तलमाथी पार्ने, दाया बाया घुमाउने, आँखा खोल्ने र बन्द गर्ने र आँखा झिमझिम पार्ने जस्तो आँखाको कसरत गनुपर्दछ ।-reporternepal

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।