मन्त्री चौधरी सुरेन्द्र चौधरीलाई थुनाउन साईबर व्यूरोमा

काठमाडौं, ११ साउन । आफू र पार्टीलाई बद्नाम गराउनेगरि जथाभावी बोलेको भन्दै सुरेन्द्र चौधरीलाई कारबाहीको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले दर्ता गराएको उजुरीमाथि साईबर व्यूरोले कारबाही अघि बढाएको छ ।

व्युरोले सुरेन्द्र चौधरीलाई मन्त्री श्रेष्ठको उजुरीमाथि सोधपुछ गर्न बोलाएको थियो । अहिले मन्त्री आफ्नो स्वकिय सचिव र पिएसओ लिएर व्युरो पुगेको बतार्ईको छ। स्रोतकाअनुसार मन्त्री श्रेष्ठले चौधरीलाई थुनाउनको लागि प्रहरीलाई दबाब दिएकी छिन् ।

सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टी भने छाडिसकेका छन् । उनी पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष श्रेष्ठमाथि आक्रामक रुपमा प्रस्तुत भैरहेका छन् ।

आफूमाथि साईबर व्युरोमा उजुरी परेको थाहा पाएर होला चौधरीले आज विहानै फेशबुकमा लेखेका छन–‘सूचनामा स्वतन्त्र पहुँच सहित अभिव्यक्ति स्वतन्त्रताको अधिकार मौलिक मानव अधिकार हो। मानिसहरूलाई ज्ञान प्राप्त गर्न र आफ्नै विचारहरू बनाउन सक्षम बनाउन अभिव्यक्तिको स्वतन्त्रता आवश्यक छ। अभिव्यक्ति स्वतन्त्रता पनि एक जीवन्त लोकतन्त्रको आधारशिला हो जहाँ समाजका सबै सदस्यहरूले विचार र विचारको स्वतन्त्र आदानप्रदानमा भाग लिन सक्छन् र सामाजिक विकासलाई प्रभाव पार्न सक्छन्। बहुलवादी समाजमा, खुला संवाद जहाँ एकअर्काको विरुद्धमा विचार राख्न सकिन्छ, यसले लोकतन्त्रको प्रवर्द्धन गर्न र मानवअधिकारको रक्षा गर्न मद्दत गर्छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।