दुर्गमका कर्मचारीलाई सरुवा गर्न मन्त्रालयले माग्यो निवेदन

काठमाडौं, साउन १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ ।

निजामती सेवा ऐनले तोकेको समयसीमामा अति दुर्गम र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा भई आउन नौ दिनको समयसीमा दिएको हो ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी त्यस्ता कर्मचारीलाई नौ दिनभित्रमा निवेदन दिन आग्रह गरेको हो । मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा र सुगममा कार्यरत कर्मचारीलाई दुर्गम क्षेत्रमा पठाउन नौ दिनभित्र निवेदन दिन कर्मचारीलाई आग्रह गरेको छ ।

कर्मचारी सरुवामा देखिएको विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्देशनमा मन्त्रालयले सूचना जारी गरेको मन्त्रालयका उपसचिव खिलराज राईले जानकारी दिए।

निजामती सेवा ऐनमा उल्लिखित व्यवस्था अनुसार विभिन्न भौगोलिक क्षेत्रका कार्यालयमा कार्य गर्न इच्छुक भएका कर्मचारीले पिआइएस अद्यावधिक गरी नौ दिनभित्र निवेदन पेस गर्न सूचना जारी गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सरुवा व्यवस्थापनका लागि प्रत्येक निजामती कर्मचारीले आफ्नो सम्पूर्ण विवरण सात दिनभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नसमेत निर्देशन दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।