पदवहाली गर्न विराटनगर पुगेका हिक्मत कार्कीलाई मुख्यमन्त्री कार्यालयको बेवास्ता

काठमाडौं,१२ साउन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीको पदबहाली गर्न विराटनगर पुगेकामा मुख्यमन्त्री कार्यालयले बेवास्ता गर्दै गाडी नपठाएपछि विराटनगर विमानस्थलबाट निवासतर्फ लागेका छन्।

यसअघि उनले आज कामचलाउ मुख्यमन्त्रीका हैसियतमा मुख्यमन्त्री कार्यालय जाने तयारी गरेका थिए।

हिजोसम्म काठमाडौंमा रहेका कार्की शुक्रबार बिहान ९ बजे जहाजबाट विराटनगर पुगेका थिए।

उनी विराटनगर आउनुअघि उनको सचिवालयले मुख्यमन्त्री कार्यालयमा फोन गरेर गाडी पठाइदिन भनेको थियो। तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बेवास्था गरेपछि उनी नीजि निवास लागेका हुन् ।

बिहीबार निवर्तमान मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेपछि कामचलाउ मुख्यमन्त्रीको हैसियतमा पदभार ग्रहण गर्न कार्की मुख्यमन्त्री विराटनगर पुगेका हुन् ।

गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की प्रदेश सभाबाट विश्वासको मत नपाएपछि असार १५ गते पदमुक्त भएका थिए ।

कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले ५ दिनको समय दिएर दुई वा सो भन्दा बढि दलको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन आवश्यक ४७ सांसदको समर्थन जुटाउन नसकेपछि कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश सभामा निष्पक्ष हुने सभामुखको अधिकार दूरुपयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री कार्की सर्वोच्चमा पुगेका थिए । कार्कीले दायर गरेको रिटमाथि सर्वोच्चका न्यायाधीशत्रय आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बुधबार परमादेश जारी गर्दै थापाको नियुक्ति खारेज गरेपछि नयाँ सरकार नबनेसम्म कार्कीले स्वतः मुख्यमन्त्रीको हैसियत प्राप्त गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।