सवारी साधनमा यात्रा गर्दा बान्ता हुने समस्या छ ?

लामो यात्रा वा छोटो यात्रा गर्दा बान्ता हुने समस्या प्राय मानिसहरुलाई हुने गदर्छ । यो समस्याले धेरै मानिसहरुलाई पिरलिरहेको हुन्छ । अझ बढि त गाडि चड्दा औषधिको सेवन धेरैले गरेका हुन्छन् ।

सवारीसाधनमा यात्रा गर्दा वाकवाकी लाग्ने, रिँगटा लाग्ने, असहज महसुस हुनेजस्ता समस्या देखा पर्छन् ।यसलाई सामान्य तया भन्दा गाडी लाग्नु भनिन्छ । विशेषगरी गाडीमा यात्रा

गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढंगले काम गर्न सक्तैनन् । आँखाको दृष्टि झ्याल छेउछाउका वस्तुभन्दा टाढा केन्द्रित गर्नुपर्छ । गाडी चढ्नुअघि मानसिक रूपले तयार हुन आवश्यक हुन्छ ।

तसर्थ, बान्ता हुनेले सकभर अगाडिको सिट रोज्नु उपयुक्त हुन्छ ।गाडीमा प्रयोग गरिने पेट्रोलियम पदार्थको गन्धले समेत बान्ता आउँछ । यात्रा गर्नुभन्दा करिब आधा घन्टाअघि बान्ता नआउने औषधि सेवन गर्न सकिन्छ ।

यो औषधि प्रयोग गर्दा नि धेरैलाई बान्ता आउने समस्या रहेको हुन्छ् । यात्रा गर्नुअघि पेटभरि टन्न खानु हुँदैन र पुरै खाली पेट पनि यात्रा गर्नु हुँदैन । चिल्लो, पिरो, मसला धेरै भएको खानेकुरा पनि खानुहुँदैन ।

त्यस्तै, मैदाजन्य खानेकुरा पनि सकेसम्म खानु हुँदैन । यस्तो खाना पच्न समय लाग्ने भएकाले समस्या देखिन सक्छ । लामो यात्रा गर्दा ल्वाङ, सुकमेल वा अदुवाको सानो टुक्रा मुखमा राखेर यात्रा गर्दा पनि आराम हुन्छ । गाडीमा यात्रा गर्दा मैदाजन्य खानेकुरा खानु हुँदैन ।

त्यस्तै, धेरैजनाको बानी यात्रामा किताब पढ्ने, मोबाइल चलाउने हुन्छ । यस्तो अवस्थामा पनि रिंगटा र बान्ताको समस्या देखिन्छ । बान्ता हुने मान्छेले सकभर अगाडिको सिट रोज्नुपर्छ । मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म हल्का भोजन गर्नुपर्छ । दुग्धजन्य पदार्थ, अमिलो र गुलियो खानु हुँदैन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।