कोशीमा सभामुखको राजीनामा गराएर गठबन्धनकै सरकार बनाउने तयारी, बालुवाटरमा छलफल सुरु

काठमाडौं, साउन १४ । कोशी प्रदेश सरकार गठनको विषयमा छलफल गर्न प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी) का शीर्ष नेता बालुवाटर पुगेका छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकिकृत समाजवादी) का नेता माधव कुमार नेपालसहितका शीर्ष नेता केहिबेर अघि प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् । यसअघि शनिबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच कोशी प्रदेशमा सरकार गठनका सन्दर्भमा छलफल भएको थियो ।

आजको बैठकमा प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएरै भए पनि गठबन्धन सरकार गठनबारे छलफल भईरहेको स्रोतले जनाएको छ । सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्रीमा उद्धव थापालाई निरन्तरता दिने वा अरु कसैलाई बनाउने भन्नेबारे समेत आजको छलफलले जोड दिएको छ । आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकार गठनमा भाग दिने गरी छलफल भईरहेको छ ।

सर्वोच्च अदालतले कोशी प्रदेशमा कांग्रेस, माओवादीसहितको गठबन्धन सरकारको नियुक्तिमा त्रुटि भएको आदेश गरेपछि शुक्रबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले भोली साउन १६ गते साँझ ५ बजेसम्ममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि सभामुख गौतमको हस्ताक्षर गराएर नियुक्ति बदर भएका उद्धव थापाले ४७ संख्यासहित सरकार गठन गरेका थिए। तर निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले २२ असारमा सर्वोच्चमा सभामुख गौतमको हस्ताक्षरबाट सरकार गठन अवैधानिक भएको दाबीसहित रिट हालेपछि सर्वोच्चका तीन न्यायाधीले थापाको नियुक्ति अवैधानिक ठहर गरेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।