बालुवाटार बैठकः शीर्ष नेताहरुबीच तीन एजेण्डामा जुट्यो समझदारी

काठमाडौं, १४ साउन । प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न ओली देउवा आज (आईतबार) विहानै बालुवाटार पुगेका हुन् । तीन दलका शीर्ष नेताहरुबीचको छलफलमा संवैधानिक परिषद्को बैठक बोलाउनेबारे सहमति जुटेको छ ।

संवैधानिक परिषद्को बैठक बोलाएर रिक्त हुने प्रधानन्यायाधीश पदपूर्तिका लागि सिफारिस गर्नेबारे तीन दलका नेताहरुबीच सहमति जुटेको हो । त्यसैगरी सदन सुचारु गर्ने र विभिन्न विधेयकहरुलाई अगाडि बढाउन पनि दलका शीर्ष नेताहरु सहमत भएका छन् ।

एमाले अध्यक्ष ओली बालुवाटर पुग्नुअघि प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेश सरकार गठनबारे सत्ता गठबन्धनको शीर्ष नेताहरुसँग छलफल गरेका थिए । कोशी सरकार गठनबारे छलफल गर्न कांग्रेस सभापति देउवा, एकिकृत समाजवादीको नेता माधव कुमार नेपाल लगायतका नेता विहानै बालुवाटर पुगेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।