एकै ओभरमा सातवटा छक्का !

काठमाडौँ । अफगानिस्तानमा जारी काबुल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा एक युवा ब्याट्सम्यान सेदिकुल्लाह अटलले गजबको प्रदर्शन गरेका छन् । काबुल प्रिमियर लिगमा शनिबार साहिन हन्टर्स र अबासिन डिफेन्डर्सबीचको खेल थियो ।

साहिन हन्टर्सले टस हार हारेर पहिलो ब्याटिङको निम्तो पाएको थियो । केवल २९ रनको कूल स्कोरमा साहिन हन्टर्सले माथिल्ला तीन विकेट गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका थिए, २१ वर्षीय ब्याट्सम्यान सेदिकुल्लाह अटल ।

त्यसपछि सेदिकुल्लाह अटलले यस्तो अभूतपूर्व ब्याटिङ गरे जसले उनलाई रातारात अन्तर्राष्ट्रिय समाचारमा समेत गतिलै चर्चाको विषय बनायो । उनकै उत्कृष्ट प्रदर्शनका कारण साहिन हन्टर्स ९२ रनले विजयी पनि भयो ।

साहिन हन्टर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । टोलीको कूल स्कोरमा सेदिकुल्लाह अटल एक्लैले अविजित एक सय १८ रनको योगदान गरे । उनले केवल ५६ बलको सामना गरी १० छक्का र सात चौका हिर्काए ।

यतिमात्र होइन, सेदिकुल्लाह अटलले १९औं ओभरमा त गजब नै गरे । उनले एकै ओभरमा लगातार सात छक्का प्रहार गरे । उनले अबासिन डिफेन्डर्सका बलर अमिर जजाईलाई लगातार सातवटा छक्का प्रहार गरेका थिए । एक ओभरमा ६ छक्का त यसअघि पनि धेरै ब्याट्सम्यानले प्रहार गरेका छन् ।

तर, एक ओभरमा सात छक्का भने निकै दूर्लभ प्रदर्शन हो । अमिर जजाईले १९ औं ओभरको पहिलो बल ‘नो बल’ फालेका थिए । त्यो बलमा सेदिकुल्लाह अटलले छक्का हिर्काए । त्यसलगत्तै अमिर जजाईले अर्को बल ‘वाइड’ फाले । त्यो बलमा साहिन हन्टर्सले पाँच रन पायो ।

पहिलो ‘नो बल’ र दोस्रो ‘वाइड’ भएकाले त्यसपछि पनि अमिर जजाईले ६ बल फाल्न बाँकी नै थियो । सेदिकुल्लाह अटल अमिर जजाईको बाँकी ६ बलमा पनि लगातार छक्का हिकाए । उक्त ओभरमा साहिन हन्टर्सले कूल ४८ रन पायो ।

उक्त प्रदर्शनपछि सेदिकुल्लाह अटलले आफूलाई विश्व क्रिकेटका महान खेलाडीहरुको सूचीमा उभ्याएका छन् । यसअघि थुप्रै ब्याट्सम्यानले एक ओभरमा ६ वटा छक्का हिर्काएका छन् । तर, एकै ओभरमा सातवटा छक्का भने दूर्लभ कीर्तिमान हो ।

यसअघि सन् १९६८ मा गेरी सोबर्सले, सन् १९८५ मा रवी शास्त्रीले, सन् २००७ मा हर्सेल गिब्सले, सन् २००७ मा युवराज सिंहले, सन् २०१७ मा रोस ह्वाइट्लीले, सन् २०१८ मा हजरतुल्लाह जजाईले, सन् २०२० मा लियो कार्टरले, सन् २०२१ मा काइरन पोलार्डले, सन् २०२१ मा थिसरा परेराले, सन् २०२१ मा जसकरण मल्होत्राले र सन् २०२२ मा रुतुराज गायकवाडले एक ओभरमा ६ वटा छक्का हिर्काएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।