सुन तस्करीमा संलग्न १८ जनामाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

उच्च अदालत पाटनले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको विभागले स्रोतले बतायो ।

सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका दावा छिरिङ र २ साउनयता पक्राउ परेका १७ जनालाई म्याद थप गरिएको विभागले जनाएको छ ।

विभागले २ साउनमा सुन तस्करी हुँदै गरेको बेला ट्याक्सी चालक अशोक लामा र भन्सार बिचौलिय राजेन्द्र राइलाई पक्राउ गरेको थियो । त्यसै दिन राति रेडी ड्रेडर्सका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न सघाएका हर्कराज राईलाई नियन्त्रणमा लिएको थियो ।

३ साउनमा सुन भारत पुर्‍याउन सहयोगी भूमिका खेलेको भन्दै तिब्तीयन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ पक्राउ परेका थिए भने ४ साउनमा चिनियाँ नागरीक क्युयाङ लीन अध्यगमन विभागबाट पक्राउ परेका थिए ।

४ साउनमै विभागले सुन तस्करीको सामान आयात गर्ने कार्गोका सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरेको थियो ।

तस्करीको सुन भन्सार पास गर्न सघाएको आरोपमा ७ साउनमा भन्सार अधिकृत सन्तोष चन्द सहित ६ जना पक्राउ परेका थिए । अधिकृत सन्तोष चन्द, भन्सार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सारोज श्रेष्ठ पक्राउ परेका थिए ।

यस्तै तस्करीको सुन आयातमा सहजीकरण गरेको भन्दै विभागको टोलीलले भन्सार एजेन्टहरु यादव शंकर पराजुली, सुर्दशन गौतम र रुकमिना सुब्बा पक्राउ परेका थिए ।

यस्तै १० साउनमा विभागले चिनियाँ तस्करलाई गोदाम भाडामा खोजिदिने नुवाकोटका नरेश भनिने सन्तोष तामाङलाई नियन्त्रणमा लिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।