मौसमी कामदारका लागि कसैलाई पनि पैसा नबुझाउन मन्त्रालयको आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारको लागि भन्दै कसैलाई पनि पैसा नबुझाउन आग्रह गरेको छ । मौसमी कामदारको लागि सरकारले कसैलाई पनि श्रम स्वीकृति प्रदान नगर्ने भन्दै त्यस्ताका पछाडि नलाग्न अनुरोध गरेको हो ।

दक्षिण कोरिया लगायतका देशमा मौसमी कामदारको रूपमा पठाइदिने भन्दै ठगीका घटना बढ्दो क्रममा छ । यस्ता घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ताको पछि नलाग्न भनेको हो ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै प्रलोभनमा नपर्न भनेका हुन् ।

‘मौसमी कामदारको रुपमा वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्रदान गरिएको छैन । तसर्थ मौसमी कामदारको भीसामा दक्षिण कोरिया लगायतका अन्य देशहरुमा जान कोही कसैलाई रकम बुझाउने कार्य नगर्न नगराउन साथै कोही कसैले व्यक्तिगत वा संस्थागत रुपमा दक्षिण कोरिया लगायत अन्य मुलुकहरुमा मौसमी कामदारको रुपमा पठाइदिने भनी रकम माग गरेमा तपशीलको सम्पर्क ठेगानामा सूचना दिई अनधिकृत रुपमा वैदेशिक रोजगारको आवरणमा हुने सबै प्रकारका ठगी निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि अनुरोध छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ट्राभल एडभाईजरी डकुमेन्ट मार्फत नेपालीहरूलाई म्यानमार पुर्‍याई अलपत्र पारेको घटना बाहिर आइरहेका छन् । उनीहरूलाई चरम यातना दिइरहेको समेत घटना बाहिर आएका छन् ।

त्यस्तै वैदेशिक रोजगारीमा जान वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति लिएर मात्र जान मन्त्रालयले सबैमा अनुरोध गरेको छ । श्रम स्वीकृति बाहेक कुनै प्रकारको कागजातको आधारमा वैदेशिक रोजगारीमा नजान सबैमा अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।