आज एमालेले संसदमा के गर्छ ? संसद् चल्न दिन्छ कि दिँदैन ?

काठमाडौं, १५ साउन । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन नगरे संसदीय कामकारबाही अघि बढ्न नदिने बताएका छन् ।

‘इलेक्ट्रिक सिगरेटको नाममा सुन ल्याएका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महराको १९५ पटक फोन सम्पर्क भएको देखियो । त्यो सुन बाहिर निकाल्न भन्सार अधिकृतसँग पनि सम्पर्क भएको देखियो । उनका छोराले त्यो सामान लिलामीमा लैजान प्रयास गरे । तर सीआईबीले महरासँग एकपटक पनि सोधपुछ गरेन । के त्यो सुन सबै कर्मचारी र भरियाले ल्याएका हुन् ? त्यसैले हामीले उच्चस्तरीय समितिबाट गहन अध्ययन हुनुपर्छ भनेका हौं । सरकार त्यसमा तयार भयो भने सदन अघि बढ्छ, नत्र बढ्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

प्रमुख सचेतक गिरीले यति ठूलो काण्डमा हल्काफुल्का छानबिन गर्न नमिल्ने पनि बताए । उनले थपे, ‘दुई अढाइ महिनाको बीचमा भन्सार र राजस्वको रेकर्ड अनुसार रेडी ट्रेडर्सबाट ३३ पटकसम्म सामान देखिएको छ । ब्रेक सु र इलेक्ट्रिक सिगरेटको नाममा यत्रो परिमाणमा सुन तस्करी भएको छ । आज सुन तस्करी भयो, भोलि हतियार, अफिमको तस्करी नहोला भन्न कसरी सकिन्छ ? अन्तर्राष्ट्रिय समुदायमा नेपालको बदनाम भएको छ, नेपालीको शिर निहुरिएको छ । यो सामान्य कुरा होइन । यसमा को को दोषी छन्, यसको नेक्सस कहाँसम्म छ भन्ने थाहा पाउन पनि उच्चस्तरीय छानबिन समिति गठनको विकल्प छैन ।’

एमालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा नमागेको पनि स्पष्ट पारे । उनले भने, ‘प्रस्ट भाषामा भन्दा हामीले गृह र अर्थमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर संसद अवरुद्ध गरेका होइनौं । तर सुन तस्करीमा उहाँहरुको संलग्नता छैन भन्न सकिँदैन । राजनीतिमा जिम्मेवारी र नैतिकताको ख्याल छ भने राजीनामा दिनुपर्ने हो । स्वतन्त्र छानबिनलाई अघि बढाउने हो भने पनि उहाँहरुले राजीनामा दिनुपर्छ । सधैंभरि स्टन्टबाजी मात्र गरेर त भएन नि ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।