आमाकै प्रस्तावमा एक वर्षमै छोरीले गरिन् १०० जना पुरुषसँग डेटिङ

एजेन्सी । कुनै पनि बाउआमालाई आफ्ना छोराछोरी किशोरावस्थामा लागेसँगै गलत सँगतमा पो लाग्छन् कि भन्ने चिन्ता हुन्छ ।

हामीकहाँ अभिभावकहरु छोरीहरुप्रति अतिरिक्त रुपमा सचेत हुन्छन् । आफ्नी अविवाहित छोरी कोही केटासँग डेटिंगमा जाने कुरा अभिभावकहरुले सहजै स्वीकार गर्न सक्दैनन् ।

पढ्ने लेख्ने र करिअर बनाउने उमेरमा प्रेम तथा डेटिंगको चक्करमा नपर्नका लागि सुझाव दिन्छन् अभिभावकहरु आफ्ना सन्तानलाई । तर, अमेरिकामा एकजना यस्ती आमा फेला परेकी छिन् जसले आफ्नी छोरीलाई एकदुईजना मात्र होइन १०० जना केटासँग डेटिंग गर्न अनुमति दिइन् । आमाको अनुमति अनुसार नै ती युवतीले सयजना युवकसँग डेटिंग गरिसकेकी छिन् ।

आमाकै अनुमतिले १०० जना पुरुषसँग डेटिंग गर्ने ती युवतीको खुलासा उनकै बहिनीले गरिदिएकी छिन् । आफ्नी दिदीले विवाह हुनअघि एक वर्षको अवधिभित्रै १०० जना पुरुषसँग डेटिंग गरेको उनले बताएकी छिन् ।

छोरीलाई १०० जना मर्दसँग डेटिंग गर्न प्रेरित गर्दै युवतीकी आमाले ५०० डलर बराबरको रकम दिएकी थिइन् । साथै उनले १०० जना केटासँग डेटिंग पूरा गरेपछि आफूलाई बताउन र त्यसपछि घर फर्किन छोरीलाई अह्राइन् ।

एक वर्षभित्रमा १०० जना पुरुषसँग डेटिंग गरेकी ती युवतीकी बहिनी एलिस क्यारोलिनले यो कुराको खुलासा गर्दै टिकटकमा एक भिडियो पोस्ट गरेकी छिन् । एलिस चर्चित टिकटकर हुन् र उनको टिकटकमा लाखौं फलोअर्स छन् ।

उक्त भिडियोमा सयजना मर्दसँग डेट पूरा गरेको उपलक्ष्यमा ती युवतीले आफ्नी बहिनी एलिसलगायतसँग केक काटेर सेलिब्रेट गरिरहेको देखिन्छ ।

साथै एलिसले आफ्नी दिदीले डेट गरेका पुरुषहरुको नामको सूची पनि सार्वजनिक गरेकी छिन् । सो भिडियो निकै भाइरल बनिरहेको छ ।

समाचार अनुसार बिहेपछि छोरीको मनमा पुरुषप्रतिको कुनै डर बाँकी नरहोस् भनेर आमा चाहिँले ती युवतीलाई १०० जना पुरुषसँग डेट गर्ने अनुमति दिएकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।