तस्करसँग ४ वटा,सरकारसंग मात्र एउटा सुन गाल्ने मेसिन

काठमाडौं । राजस्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको तस्करीको १०० किलो बढी सुन गाल्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाएको छ । उक्त सुन अबको केही दिनमा गाल्न सुरु हुनेछ ।

केन्द्रीय बैंकको विभागमा सुन गाल्नका लागि एउटा मात्रै मेसिन छ । विभागका अधिकारीहरुका अनुसार सो मेसिनले एक पटकमा १० किलो मात्रै सुन गाल्न सक्छ । झण्डै १० वर्षअघि टक्सार विभागले किनेको सो मेसिनले १० किलो सुनसहितको वस्तु गालेर सुन छुट्ट्याउन मात्रै २० देखि ३० मिनेट लाग्छ । तर, त्यसमा सुनको गुणस्तर छुट्ट्याउन भने अझै धेरै समय लाग्छ ।

विभागका प्रमुख थानेश्वर आचार्यकाअनुसार टक्सारमा बुझाएको सुन गाल्न करिब १६ पटक २० देखि ३० मिनेटका दरले मात्रै समय लाग्छ । ‘धेरै समयअघि किनेको एउटा मात्रै मेसिन छ,’ आचार्यले भने, ‘थप किन्ने खोजेको हो, तर किन्न सकिएको थिएन । अहिले आएको सुन एक दिनमा गाल्न चाहिं सकिन्छ कि ।’

आचार्यकाअनुसार आफूहरुसँग एउटा मात्रै मेसिनका कारण सुन गाल्न समय लाग्ने भएपछि सुन गाल्नका लागि तस्करबाट बरामद भएको मेसिन प्रयोग गर्नेबारे राजस्व अनुसन्धान विभागसँग कुरा भइरहेको छ ।

‘सुन गाल्न पर्ने छ, सरकारी निकायसँग एउटा मात्रै मेसिन छ,’ आचार्यले भने, ‘तस्करकै चार वटा त बरामद नै भए । समातिएका मेसिन पनि मगाएर सुन गालौं भनेर राजस्वका महानिर्देशकलाई भनेको छु ।’ टक्सार विभागकाअनुसार राजस्वले बरामद गरेको मेसिन राष्ट्र बैंकको भन्दा ठूलो देखिएको छ ।

राजस्व अनुसन्धान विभागले १० गते नयाँ बजारको सोह्रखुट्टेबाट चिनियाँ तस्करको एक गोदाममा छापा मारेको थियो । सो क्रममा ६६ थान सुन झिकिसकिएको अवस्थामा ‘ब्रेक शु’ र २ थान सुन गाल्ने मेसिन बरामद गरेको थियो । यस्तै, १३ साउनको शनिबार राति टोखामा विभागले गरेको छापामा थप २ वटा मेसिन बरामद भएको थियो । विभागले त्यो मेसिनको क्षमता परीक्षण गरी नसकेको जनाएको छ ।

इन्टरनेटमार्फत अन्तर्राष्ट्रिय बजारमा हेर्दा चिनियाँले प्रयोग गरेको जस्तै मेसिन भारतमा पनि बनेको र बिक्री वित।ण भइरहेको पाइएको छ ।

सुन तथा चाँदी मेल्टिङ मेसिनका रुपमा बजारमा पाइने यस्तो मेसिनको मूल्य नेपाली ४ लाख रुपैयाँ बराबर फ्याक्ट्री मूल्य रहेको पाइएको छ । यी मेसिनले एक पटकमा २ देखि ८ किलोसम्म सुन गाल्न सकिने त्यसका बिक्रेताहरुको जनाएका छन् । यदी चिनियाँ मेल्टिङ मेसिनर्लाइ पनि यसै हाराहारी मान्दा चिनियाँ तस्करको गोदामबाट बरामद भएको ४ वटा मेसिनको अनुमानित अधिकतम क्षमता ३२ किलो प्रतिपटक हुने देखिन्छ । यद्यपि ति मेसिनको क्षमता परीक्षण भने बाँकी नै रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

सोह्रखुट्टेमा बरामद भएको मेसिन विभागले जफत गरेर कार्यालयमा ल्याइसकेको छ भने टोखाको सुन गाल्ने फ्याक्ट्रीमा भएको मेसिन त्यहाँ नै सिलबन्दी गरिएको छ । तस्करहरुबाट बरामद भएको मेसिनहरु सुन गाल्नकै लागि प्रयोग हुन्छ वा हुन्न भन्नेबारे भने विभागले केही प्रतिक्रिया राष्ट्र बैंकको टक्सार विभागलाई दिइसकेको छैन ।-नवीन ढुंगाना/अनलाइनखबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।