अचम्मको जोडी : ४७ इन्चकी बेहुली, ४२ इन्चका बेहुला !

एजेन्सी । भनिन्छ मान्छेको जोडी भगवानले पहिले नै बनाइदिएको हुन्छ । भारतको बिहारमा हालै एउटा यस्तै जोडी बिहे बन्धनमा बाँधिएको छ कि त्यसले उल्लिखित भनाइलाई पुष्टि गर्दछ ।

बिहारको सरन जिल्लास्थित मधौरामा हालै एक होचो कदको जोडीबीच बिहे भयो । सोसल मिडियामा चर्चाको विषय बनिरहेको उक्त जोडीमा बेहुलीको सरीरको उचाइ ४७ इन्च थियो भने बेहुला उनीभन्दा ५ इन्च कम अर्थात् ४२ इन्चका थिए ।

स्थानीय लेउरा गाउँका बासिन्दा रोहित सिंहको उमेर पुगिसक्दा पनि बिहे नहुँदा परिवारजन चिन्तित थिए । रोहितका लागि कद सुहाउँदी बेहुली भेटिएकी थिइनन् । त्यस्तै अवस्था खाब्सी गाउँकी नेहा प्रसादको पनि थियो । ४७ इन्च अग्ली नेहाका लागि पनि सुहाउँदो जोडी भेटाउन सकिएको थिएन । त्यस्तैमा नेहाको परिवारले रोहितका बारेमा जानकारी पाए । अन्ततः दुवै परिवारको भेट भयो, नेहा र रोहितसमेत आपसमा भेटेपछि मन मिल्यो र बिहे गर्ने निधो भयो ।

केहीदिन अघि स्थानीय मधौरा ग्रहदेवी मन्दिरमा नेहा र रोहितको हिन्दु परम्परा अनुसार बिहे भएको छ । उनीहरुको बिहे धुमधाम पूर्वक भयो र बिहेमा उपस्थित पाहुनाहरु निकै खुसी थिए ।

निकै होचो कदका कारण सुहाउँदो जोडी खोजेर बिहे गराउन नै मुस्किल परेको बेलामा भगवानले आफूहरुको कुरा सुनेको र जोडी भेट्टाइदिएको भन्दै बेहुला र बेहुली दुवै पक्ष मख्ख थिए ।

बेहुला रोहितले कम्पाउन्डरको जागिर गर्दछन् । नेहाको भने जागिर नभएको र उनी घरव्यवहार तथा पाककलामा पोख्त भएको परिवारजनले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।