मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने

विराटनगर, १६ साउन (रासस): कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गर्नुभएको आह्वानको समय सीमा आज समाप्त हुँदैछ ।

उहाँले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गर्नुभएकामा आज अपराह्न ५ सो समय समाप्त हुँदैछ ।

उक्त प्रदेशसभामा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपा नेपालका एक सांसद छन् ।

गठबन्धन इतरतर्फ नेकपा (एमाले)का ४० र राप्रपाका छ जना सांसद एक ठाउँमा देखिएका छन् । कूल ९३सदस्यमा बहुमत पु¥याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले आजै सभामुख बाबुराम गौतमले राजीनामा दिने र त्यसपछि दलमा समाहित भई ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने योजनाअनुसार छलफल एवं परामर्श भइरहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिनुभयो ।

उहाँले हाम्रो गठबन्धनमा कुनै समस्या नरहेको र कानुनसम्मत नै प्रक्रिया पूरा गरेर दाबी पेस गर्ने योजना रहेको र प्रदेश प्रमुखबाट तोकिएकै समयसीमा दाबी पेस गरिने बताउनुभयो ।

प्रदेश प्रमुखको कार्यालयबाट भएको आह्वानमा २०८० साल असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका सन्दर्भमा सर्वोच्च अदालतमा दायर उत्प्रेषणसहितको परमादेशको रिट निवेदनउपर साउन ११ को सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम जुन विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको हुँदा २०८० साल साउन १७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यहरुलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नू भत्रे परमादेश जारी भएकाले सोही आधारमा प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।