ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँले घट्दै, पेट्रोल र डिजेलको बढ्दै

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने भएको छ ।

मंगलबार भारतीय आयल निगम (आईओसी)बाट ग्यासको मूल्य प्रतिसिलिन्डरमा १०० रुपैयाँले घटेर आएको छ । नेपालमा स्वचालित प्रणाली लागु भएकाले अब सोहीअनुसार मूल्य घट्ने नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

“आज बेलुका ५ बजे बोर्ड बैठक बस्दै छ, ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँ हाराहारीले घटेर आएको छ,” उनले बाह्रखरीसित भने, “त्योअनुसार स्वचालित मूल्य लागु हुन्छ । बैठकले निर्णय गर्छ ।”

उनका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने बढेर आएको छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटरमा आठ, डिजेल प्रतिलिटरमा सात, मट्टीतेल प्रतिलिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटरमा आठ रुपैयाँ ५० पैसाका दरले बढ्नेछ ।

नेपालमा नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागु हुने उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।