मन्त्रिपरिषद्को बैठक जारी, के होला निर्णय ?
काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । आजको बैठकले लम्पी स्किनबाट पीडित बनेका किसानलाई राहत दिनेसहितका निर्णय गर्ने बुझिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा मंगलबारको मन्त्रिपरिषद् बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्नेबारे छलफल भएको थियो ।
शिक्षा ऐन संसद्मा पठाउनेबारे छलफल हुन सक्ने नेताहरू बताउँछन् । प्रधानमन्त्री आफैँले अब छिट्टै शिक्षा ऐन संसद्मा पठाउने बताएका थिए ।


