सहसचिव नारायणप्रसाद भट्टराइलाई गृह प्रवक्ताको जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराइलाई दिएको छ । मन्त्रालयमा सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव भट्टराइलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

केही दिनअघि मात्रै मन्त्रिपरिषद् बैठकले उनलाई यातायात व्यवस्था विभागको महानिर्देशकबाट सरुवा गरेर गृह मन्त्रालय अन्तरगत सरुवा गरेको थियो । यस अघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गएपछि सुरक्षा तथा समन्वय महाशाखा प्रमुख र प्रवक्ताको पद रिक्त रहेको थियो ।

भट्टराई उपप्रधान एवम गृहमन्त्री नारायणकाजीका विश्वास पात्र मानिन्छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा रहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले भट्टराइलाई कर्णाली प्रदेशको लोक सेवा आयोगबाट सरुवा गरेर मन्त्रालय तानेर यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । विभागको महानिर्देशकको जिम्मेवारी भट्टराइलाई दिएको एक महिना भित्रै उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेको तीन महिना बित्ने बित्तिकै सहसचिव भट्टराईको गृह मन्त्रालयमा सरुवा भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।