अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमा ढुंगामुढा

काठमाडौं,१७ साउन । अधिवक्ता भगवती पाण्डे शीतललाई पक्राउ गरी आवश्यक कारवाही गर्न माग गर्दै विभिन्न जातीय संघ संस्थाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

पाण्डेले गत हप्ता एक टेलिभिजन कार्यक्रममा मगर,तामाङलगायतका जातीमा दाजु बहिनीबीच विवाह हुने भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिईन् ।
उक्त अभिव्यक्तिपछि विवादित बनेकी पाण्डेविरुद्ध प्रहरी पक्राउ पूर्जी जारी गरेपनि हाल उनी फरार रहेकी छन् ।

पक्राउ पूर्जी जारी भएर पनि पक्राउ नगरेको भन्दै आज प्रदर्शनकारीहरुले काठमाडौं प्रहरी परिसर टेकुमा प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन् । प्रहरीले ढुंगामुढा गर्ने १० जनाभन्दा बढि व्यक्तिलाई पक्राउ गरेको छ । सहकर्मी पक्राउ परेपछि उनीहरू झन् आक्रोशित बनेका थिए । भीड तितरवितर पार्न प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।