केन्द्रीय समितिमा प्रचण्डलाई प्रश्नः छोरीलाई किन स्वकीय सचिव राखेको ?

काठमाडौं,१७ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केनद्रीय समितिको बैठक आजबाट सुरु भएको छ ।

लामो समयपछि बसेको बैठ ५ दिनसम्म चल्ने बताइको छ । आज पहिलो दिन पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डसहित १८ जना नेताहरुले आफ्ना भनाइ राखेका छन् । बैठकमा बोल्ने प्रत्येक सदस्यलाई माओवादीले ५-५ मिनेटको समय छुट्टयाएको छ ।

बुधबार पहिलो दिनको बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारले राम्रो काम गरिरहेपनि त्यो प्रर्याप्त नभएको बताए । बैठकमा बोल्ने नेताहरूले प्रधानमन्त्रीको सचिवालय र उपप्रधानमन्त्रीको सचिवालयमा छोराछोरी राखेको विषय उठाउँदै आलोचनासमेत गरेका छन् ।

आजको बैठकमा केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका कार्यबाहक इन्चार्ज लक्ष्मण पन्तले किन छोराछोरी सचिवालयमा राखेको भन्दै प्रश्न गरेका छन् ।

उनले बैठकमा भने,‘अध्यक्ष आफैँ रुपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्ना छोरी र भतिजोलाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउनका लागि सचिवालयमा राखेका हुन् । यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन् । किन प्रमुख स्वकीय सचिव बनाउनु हुन्न ?’

अहिले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचणपुत्री गंगा दाहाल प्रचण्डकी प्रमुख स्वकीय सचिव छिन् । भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आफ्ना भतिजलाई स्वकीय सचिव बनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।