राम्रो काम गर्दागर्दै सरकार छाड्नुपरेपनि छाडिन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकार छाड्नुपरे पनि पार्टी तयार रहेको बताएका छन् । बुधबार केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘राम्रो काम गर्दागर्दै पनि सरकार छाड्नुपरे छाडिन्छ । दुई चार वटा ठूला गर्न अझै काम छन्’, भ्रष्टाचारविरुद्ध कदम चालिरहेका प्रचण्डले भने ।

उनले अझै दुई चार वटा ठूला काम गर्न बाँकी छ भनेर भ्रष्टाचारका अरु पनि फाइल खोल्ने संकेत गरेका हुन् ।

यस्तै प्रचण्डले बैठकमा तस्करीका जालो भयानक भएको ब्रिफिङ गर्दै त्यसलाई पनि पार्टी र सरकारले तोड्ने बताए ।

‘तस्करीको जालो भयानक छ, त्यो तोड्ने काम भइरहेको छ । दबाब, घेरा र हामीभित्रको प्रदूषण पनि सफा गर्नुपर्छ’, प्रचण्डले भने ।

प्रचण्डले सरकारले गरेको राम्रो कामका कारण जनतामा सकारात्मक सन्देश प्रवाह भएको पनि बताएको एक केन्द्रीय सदस्यले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।