सन्दीपको घातक बलिङ

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने ग्लोबल टि२० क्यानडाबाट सर्रे जागुअर्सबाट मिसिसौगा प्यान्थर्सविरुद्ध घातक बलिङ गरेका छन् । सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पान्थर्सले १४.३ओभरमा ५६ रनमाअल आउट भएको छ ।

यस्तो रह्यो सन्दीपको चार ओभर

सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । सन्दीपलाई सर्रेले आठौं ओभरमा ल्याएको थियो । सन्दीपले पहिलो बल जेम्श निसमलाई डट राखेका थिए ।

दोस्रो बलमा एक रन दिए । तेस्रो र चौथौ बलमा पाकिस्तानी युवा ब्याटर आजम खानलाई उनले डट राखेका थिए । पाँचौं बलमा सन्दीपले आजम खानलाई २ रनमा कप्तान इफ्तिखर अहमदबाट क्याच आउट गर।ाए । लगत्तै अर्को बलमा नेदरल्यान्ड्सका स्टार ब्याटर टम कुपर शून्यमा एलबीडब्लू आउट भए ।

सन्दीपले १० औं ओभरमा मात्रै तीन रन दिए । पहिलो बल जेम्श निसमलाई एक रन दिएका थिए । त्यसपछि निखिल दत्तलाई लगातार चार बल डट राखेका थिए । अन्तिम बलमा दुई रन दिएका थिए ।

१२ औं ओभरमा सन्दीपले मात्रै एक रन दिए । सन्दीपले निखिल दत्तलाई सुरुवाती लगाचार पाँच बल डट गरेका थिए । अन्तिम बलमा एक रन दिएका थिए । १४ औं ओभरको पहिलो बल निसमलाई डट र दोस्रो बलमा एक रन दिए । जहुर खानलाई तेस्रो बल डट राखे । चौथो बलमा जहुर खानलाई एलबीडब्लू आउट गरे ।

सन्दीपले गरेका कुल २४ मध्य १९ बल डट राखेका थिए । पाँचौं बल डट राख्दा अन्तिम बल लेग वाईको रुपमा चौका भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।