‘भ्रष्टाचारी पार्टीकै नेता रहेछन् भने पनि छोड्दिँन’:नारायणकाजी

काठमाडौं, १८ साउन । गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै नेता भए पनि नछोड्ने बताएका छन् । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैकठलाई आज (बिहीबार) सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाह बमोजिम फाईल खोल्ने काम भएको र अब पार्टीकै नेताहरु भ्रष्टाचारमा जोडिएपनि नछोड्ने बताएका हुन् ।

पछिल्लो चरणमा भएको सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरुको नाम जोडिएपछि उनले पार्टीका नेता लक्षित अभिव्यक्ति दिएका हुन् । सुन तस्करी प्रकरणमा माओवादीका नेताहरु वर्षमान पुन, कृष्णबहादुर महरा लगायतको नाम जोडिएर चर्चा हुने गरेको छ ।

यद्यपि पुन र महरा दुवैले सुन तस्करी प्रकरणमा आफूहरुको संलग्नता नरहेको र दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।