सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा

काठमाडौँ, १८ साउन (रासस) : सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पार्नुभयो ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा ल्याइएको करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन”, सञ्चारकर्मीको जिज्ञाशामा उहाँले भन्नुभयो ।

वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गर्नुभयो ।

“अहिले विभागबाट प्रभावकारी छानबिन भइरहेको छ । सरकार यस घटनाको ‘रुट कज’मा पुग्न लागिरहेको छ । सो विषयमा उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले देखेको छैन”, विगतमा पनि सुन तस्करीको अनुसन्धान गर्न समिति गठन नबनेको दृष्टान्त प्रस्तुत गर्र्दै मन्त्री शर्माले भन्नुभयो ।

उहाँले विभागले गरिरहेको अनुन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गर्नुभयो । “विभागले गरेको छानबिनमा विश्वास गरौँ । यदि छानबिनमा गडबढ हुने थियो भने सुन पक्राउ पर्ने नै थिएन”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा केही व्यक्ति पक्राउ परिसकेका छन् र अनुसन्धान जारी छ । छानबिनकै क्रममा पछि आवश्यकता परेमा त्यस्ता समिति गठन गर्न पनि सकिन्छ तर अहिले आवश्यक छैन र त्यसरी समिति बनाउँदा अहिले भइरहेको छानबिन प्रभावित हुन पनि सक्छ ।”

सोही प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समितिको माग गर्दै सङ्घीय संसदमा गरिरहेको अवरोध हटाउने विषयमा समेत कुराकानी भइरहेको उल्लेख गर्दै उहाँले छिट्टै सदनमा देखिएको अवरोध हट्नेमा विश्वास व्यक्त गर्नुभयो ।

विभागले यही साउन ३ गते विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा झण्डै एक सय किलो सुन बरामद गरेको थियो । विभागले सो प्रकरणमा संलग्न भएको आशङ्कामा १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।