बैठकबाट बाहिरिने क्रममा प्रचण्डको स्पष्टीकरण : अलि-अलि बिग्रिएको कारणले पार्टीजस्तो भएन भनेको हुँ

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आजपनि जारी छ । बैठकको दोस्रो दिन नेताहरुले बोलिरहेका छन् । अहिले भने अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल बैठक कक्षबाट बाहिरिएका छन् ।

उनी संवैधानिक परिषद्को बैठकको लागि सिंहदरबार जानको लागि बैठक हलबाट बाहिरिएका हुन् । सो क्रममा उनले हिजो उद्घाटन सत्रमा माओवादी अहिले पार्टीजस्तो नभएको भनेर दिएको अभिव्यक्तिबारे स्पष्ट पारेका छन् ।

उनले अहिले पार्टी अलि अलि बिग्रिएकाले आफूले पार्टीजस्तो नभएको भनेर अभिव्यक्ति दिएको बताए । तर, उनले यो केन्द्रीय कमिटीको बैठकपछि पार्टीले नयाँ गति लिने विश्वास दिलाए । केन्द्रीय कमिटीमा हिजो बोलेका अधिंकाश नेताहरुले नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।