रास्वपाले गर्यो पत्रकार कुटेको आरोप लागेका बझाङ संयोजक खड्काको निलम्बन फुकुवा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले थप अनुसन्धान गर्दा दोषी नदेखिपछि निलम्बन फुकुवा गरेको प्रवक्ता मुकुल ढकाले बताए ।

जिल्ला अध्यक्ष खड्काले गत साउन ९ गते पत्रकारलाई कुटपिट गरेको आरोपमा निलम्बन गरेको थियो ।

खड्काले बझाङको सामुदायिक रेडियाे खप्तड आवाज र नेपाल एडलक अनलाइनमा कार्यरत पत्रकार मण्डललाई सोमबार घरबाटै अपहरण गराएर होटलमा लगी कुटपिट गरेको आरोप लागेकाे थियाे ।

यस विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको थियो । सञ्चारमाध्यममा आएको समाचारका आधारमा रास्वपाको अनुशासन समितिले सामान्य जाँचबुझ गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖