रविलाई शान्ताको प्रश्न, तिम्रो गन्तव्य र विचार के हो ?

काठमाडौं, साउन १९ । – नेकपा (एमाले) की नेतृ शान्ता चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई महिलालाइ नहेप्न चेतावनी दिएकी छिन् । चौधरीले महिलाले पनि गाडी चलाउने र प्लेन उडाउने भन्दै महिलालाइ नहेप्न चेतावनी दिएकी हुन् ।

रास्वपा सभापति लामिछमनेले बुधबार चितवनमा महिलाहरुका लागि निशुल्क बस सेवा संचालन गरेका थिए । सोहि विषयमा चौधरीले टिप्पणि गरेकी हुन् । उनले महिलालाइ आत्मनिर्भर बन्न सक्ने नीति बनाउन र रोजगार दिन सक्ने योजना ल्याउन समेत लामिछानेलाइ सुझाव दिएकी छिन् । उनले लामिछानेको विचार र गन्तव्यमाथि प्रश्न उठाएकी छिन् ।

चौधरीले सामाजिक संजालमा लेखेकी छिन् :-

महिलालाइ नहेप ।
गाडी चलाउँछन, प्लेन उडाउँछन । महिलालाइ आत्मनिर्भर बन्न सक्ने नीति बनाउ, रोजगार दिन सक्ने योजना लेउ । स्टन्टको राजनीति धेरै नगर, एउटा गाडीको भाडा निशुल्क त्यही पनि एउटा जिल्लामा । परिवर्तनको आभास दिने भिजन अगाडि बढाउ, तिम्रो गन्तव्य के हो अनि बिचार के हो सार्वजनिक गर, त्यसैमा हामी पनि बहसमा भाग लिउँला ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।