आईटी अफिसरले स्थानीय युवालाई बीच बजारमै भकुरे

कैलाली । बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीलाई लछारपछार गर्दै मुक्का हिर्काएका छन् । नगरपालिकाको भ्रष्टाचारविरुद्ध बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका हुन् ।

रामचन्द्रले बुधबार दिउँसो कार्यालय समयमा समेत नगरपालिकामा कोही कर्मचारी नभएको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए । सोही भिडियो किन राखेको भन्दै कार्कीले आफूलाई आक्रमण गरेको जोशीले बताए । कार्कीको हातपातले आफ्नो छाती र औँलामा चोट लागेको उनले जानकारी दिए ।

जोशीमाथि आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । राजनीतिक पहुँचकै भरमा कार्की नगरपालिकाको सूचना तथा प्रविधि शाखाको प्रमुखमा नियुक्त भएको जोशीको आरोप छ । उनले योग्यताको विषयमा समेत बेला-बेलामा प्रश्न उठाउँदै आएका छन् । तर, मेयरदेखि अन्य राजनीति नेतासँग बलियो पहुँच बनाएका उनीमाथि कसैले पनि छानबिन नगरेको जोशीले बताउँदै आएका थिए ।

नगरपालिकाले रिक्त दरबन्दीमा स्थायी पदपूर्तिको लागि लोकसेवा आयोगलाई कोटा पठाउन सक्ने व्यवस्था हुँदाहुँदै जनप्रतिनिधिले आफू निकटलाई जागिर लगाउन करार कर्मचारी भर्ती गर्ने गरेको आरोप लागिरहेको छ।

महालेखा परीक्षकको कार्यालयले यसअघि पनि करार कर्मचारी राखेकोमा प्रश्न उठाउँदै आएको छ । यस्ता कर्मचारी पाल्नकै लागि वार्षिक नगरपालिकाको डेढ करोडसम्म खर्च हुने गरेको महालेखाले औंल्याएको छ ।

बुधबार रामचन्द्रले खिचेको कार्यकालको भिडियोमा कोही पनि कर्मचारी र जनप्रतिनिधि अफिसमा देखिँदैनन् । कार्यालय समयमै एक जना पनि कर्मचारी नभेटेपछि नगरपालिकाको सेवा प्रवाह र जनप्रतिनिधिको भूमिकामै प्रश्न उठेको छ ।

यता मेयर जयबहादुर धामीले भने उनीहरुबीच केही समय अघिबाटै विवाद र झगडा सुरु भएको बताए । उनले भने, ‘हिजोको घटनामा पनि नगरपालिकाको विषय होइन । उहाँहरू छिमेकी पनि हो । उहाँहरूको पुरानै झगडा हो ।’ nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖