राजन भट्टराई – भारतले इपिजी नबुझ्नु गम्भिर विषय हो

काठमाडौँ । एमालेका विदेश विभाग प्रमुख एवं इपिजीका सदस्य राजन भट्टराईले भारतले इपिजी प्रतिवेदन नबुझ्नु गम्भीर विषय रहेको बताएका छन् । इपिजी प्रतिवेदनको बारेमा दुवै देश एक ठाउँमा नउभिए अरु कुन कुरामा उठ्ने भन्दै उनले प्रश्न समेत गरे ।

दुवै देशको हितमा प्रतिवेदन तयार भएको बताउँदै उनले त्यसलाई कार्यान्वयनमा ल्याउन दुवै देश एकजुट हुनुपर्ने धारणा राखे । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘इपिजीमा भएको विषयबारे जनताले जानकारी पाउनु लोकतान्त्रिक अधिकार हो, त्यसलाई जनतामा कसरी लैजाने त्यसको बारेमा छलफल गर्नुपर्ने आवश्यकता छ ।’भट्टराईले इपिजी तयार गर्दा दुवै देशको सहमतिमा प्रतिवेदन तयार पारिएको समेत बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖