हिन्दूहरुको चर्चित धाम केदारनाथ प्रवेश गर्ने सडकखण्डमा पहिरो, १० जना नेपालीसहित १९ जना बेपत्ता

काठमाडौं । भारतको उत्तरखाण्ड राज्यमा पहिरोले एउटा होटल पुर्दा १० जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। हिन्दूहरुको चर्चित धाम केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्ला कम्तीमा १० जना नेपालीसहित १९ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ।

बेपत्ता हुने नेपालीहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको उत्तराखण्ड प्रहरीले जनाएको छ। पहिरोमा पुरिएको उक्त होटल हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा चलाउँदै आएका थिए। पहिरोमा पुरिएकामध्ये तीनजनाको शव प्रहरीले मन्दाकिनी नदीको किनारबाट निकालेको छ।

वीरबहादुरको होटलमा खाना खान गएका बेला पहिरोले बगाएको हो। पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन्।प्रहरीले उनीहरूको थर खुलाएकोको छैन। वीरबहादुरकै होटलमा खाना खाइरहेका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्।बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको जनाइएको छ। तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुल्न सकेको छैन।

बेपत्ता हुनेहरुमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीहरु राधिका र पिंकी छन्। पहिरोले होटललाई सोहोरेर मन्दाकिनी नदीमा पुर्‍याएको थियो। बेपत्ता भएकाहरुको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ।अहिले यो क्षेत्रमा भारी वर्षा भइरहेको छ। त्यहीकारण स्थानीय प्रहरीलाई उद्धार तथा खोजी तीव्र बनाउन मुस्किल भएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।