सिके राउतको प्रचण्डसँग डिप-लभ

काठमाडौं, १९ साउन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । जनमत पार्टी सरकारमा सहभागी हुने तयारीमा रहेको थियो । जेठ १५ गते बजेट आएलगत्तै सरकारमा जाने तयारीमा रहेको जनमतले हालै बसेको केन्द्रीय समितिको बैठकमार्फत प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गराएको हो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि सुरुदेखि नै साथ दिँदै आएका राउतले यसअघि पार्टीका उपाध्यक्ष अब्दुल खाँनलाई सरकारमा पठाएका थिए । खाँन खानेपानी तथा सरसफाईमन्त्री बनेका थिए । तर, पछि जनमतले आफूहरुलाई भनेको मन्त्रालय नदिईएको भन्दै खाँनलाई सरकारबाट फिर्ता बोलाएको थियो । यो बीचमा प्रधानमन्त्री प्रचण्डले जनमतका अध्यक्ष राउतसँग निरन्तर छलफल गरेका छन् ।

प्रधानमन्त्री दाहालले पार्टीको केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् । सरकारमा सहभागी हुने भनेर लामो समयसम्म सहभागी नहुँदापनि राउतले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्नुले उनको प्रचण्डसँगको सुमधुर सम्बन्ध झल्काउँछ ।

कतिपयले त पहिला पहिला प्रचण्डले आफ्नो मधेशसँग डिप लभ परेको भन्ने गरेपनि अहिले भने राउतको प्रचण्डसँड डिप लभ परेको भनेर टिप्पणी गर्न थालेका छन् । राउतले सार्वजनिक रुपमै आफूलाई नेपालका समकालिन नेताहरुमा सबैभन्दा मनपर्ने नेता प्रचण्ड भएको बताउँदै आएका छन् । राउतको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन– ८४’ अगाडि बढाउने निर्णय गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।