सन्न्यास लिएकै दिन ज्ञानेन्द्र किन जाँदैछन् यूके ?

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमबाट सन्न्यास घोषणा गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल आज बेलायत जाने भएका छन् । पहिल्यै तय भएको कार्यक्रमका लागि उनी बेलायत जान लागेका हुन् ।

निकट स्रोतका अनुसार लन्डनमा बस्ने नेपाली समुदायले आयोजना गर्ने सम्मान कार्यक्रममा ज्ञानेन्द्रले भाग लिनेछन् । उनको बसाइ एक साताको मात्र हुने बुझिएको छ । लन्डन जान पासपोर्ट बेलायती दूतावासमा बुझाएकाले उनी श्रीलंका जान पाएका थिएनन् ।

आज पत्रकार सम्मेलन गरेर मल्लले सन्न्यास घोषणा गरेका हुन् । उनले आफ्नो नयाँ यात्रा सुरु भएको बताएका छन् । तर, भावी योजनाबारे सुनाएका छैनन् । नेपाल क्रिकेट संघले ज्ञानेन्द्र लन्डनबाट फर्केपछि औपचारिक बिदाइ गर्ने तयारी गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।