सर्वोच्चद्वारा भारतीय कांग्रेस नेता राहुल गान्धीमाथिको सजायमा रोक, सांसद पद पुनर्बहाली

भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएको छ ।

मोदी थर प्रकरणमा गान्धीलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको दुई वर्ष कैदको सजाय सर्वोच्च अदालतले रोकेको बीबीसी हिन्दीले जनाएको छ । यसअघि भारतको गुजरात उच्च अदालतले गान्धीको पुनरावेदन खारेज गरेपछि गान्धी सर्वोच्च अदालत जानुभएको थियो ।

सर्वोच्च अदालतले सजायमा रोक लगाएसँगै उहाँको सांसद पद पुनर्बहाली भएको छ । सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणविना नै दुई वर्षको सजाय सुनाइएको भन्दै सर्वोच्चले सजायमा रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ । अदालतले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्याउन आग्रह समेत गरेको छ ।

सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । भारतमा दुई वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ ।

सन् २०१९ को चुनावी सभामा सबै चोरको थर मोदी नै किन हुन्छ ? भन्दै गरेको भाषणका कारण गान्धीमाथि मुद्दा परेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।