पूर्व कर्मचारीको खातामा कम्पनीले तलबको ३६७ गुणा बढी रकम पठाएपछि…

एजेन्सी/वास्तविक तलबभन्दा ३६७ गुणा बढी तलब पाएपछि हंगेरीका एक कर्मचारी एकाएक धनी भए । तर कम्पनीले भूलवश यस्तो भएको भन्दै ती कर्मचारीसँग पैसा फिर्ता माग्यो । आफ्नो खातामा यत्तिका रकम आएको देखेपछि ती व्यक्ति लोभिए तसर्थ पैसा फिर्ता गर्न मानेनन् ।

नाम नखुलाइएका ती व्यक्ति हंगेरीका सोमोगी काउन्टीका बासिन्दा हुन् । उनले कापोस्भार नामको कम्पनीमा छोटो समयका लागि काम गरे तर परीक्षण अवधिमा नै उनको जागिर गुम्यो । सो समयमा उनले ९२,५४९ फोरिन्ट्स (हंगेरीको मुद्रा) कमाए जुन २३८ युरो र २६० डलर हो । तर उनको खातामा भने सो रकमको ३६७ गुणा बढी ट्रान्सफर भयो । खासमा यस्तो गल्तीले भएको थियो । ती व्यक्तिले आफ्नो कम्पनीलाई अस्ट्रियन बैङ्कको अकाउन्ट नम्बर दिएका थिए, अस्ट्रियन बैङ्कमा स्थानीय मुद्रा यानि युरोमा पैसा तिर्नुपर्दथ्यो । कम्पनीले फोरिन्ट्सलाई युरोमा बदल्नुको साटो ती व्यक्तिलाई सिधै ९२,५४९ युरो ट्रान्सफर गरिदिए ।

गल्ती भएको थाहा पाउने बित्तिकै हंगेरीको कम्पनीले आफ्ना पूर्व कर्मचारीलाई सम्पर्क गरेर पैसा फिर्ता गरिदिन आग्रह गर्‍यो । यद्यपि, ती व्यक्तिले अस्ट्रियाको उक्त बैङ्कमा आफ्नो पहुँच नभएको भन्दै पैसा फिर्ता गर्न नसक्ने बताए । यो कुरामा यतिमा मात्रै टुङ्गिएन । प्रहरीले अनुसन्धान गर्दा उनले अस्ट्रियाको उक्त बैङ्कबाट १५ हजार पाँच सय युरो निकालेर अर्को बैङ्कमा ट्रान्सफर गरेको पत्ता लाग्यो ।

कापोस्भार जिल्लाको अभियोजन कार्यालयको सहयोगमा कम्पनीले अस्ट्रियन बैङ्कको उनको खातालाई फ्रिज गरिदियो । एचभिजी डट एचयुका अनुसार कम्पनीले ७२ हजार युरो फिर्ता पाउन सफल भएको छ भने अन्य रकम पनि छिट्टै नै प्राप्त गर्ने बताइएको छ ।

उता ती कर्मचारीविरुद्ध भने गैर कानुनी विनियोजनको आरोप लगाइएको छ । यसका लागि उनलाई भारी जरिवानाको जोखिम छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।