एक अनौठो रोग : जसले गर्दा मानिस खाना खाएपछि रुन थाल्छन्

काठमाडौं, २० श्रावण । कुनै चोटपटक वा कुनै पीडाहुँदा सामान्यतया मानिसको आँखाबाट आँसु आउछ। तर, रूनु बाहेक कहिलेकाही खुसीमा पनि आँखाबाट आँसु आउँछ।

तर, के कहिले सुन्नु भएको छ कि खाना खाँदा मानिस रून थाल्छ? सायद कमैले। खाना धेरै तातो वा अमिलो पिरोहुँदा आँखाबाट आँसु आउनु स्वभाविक कुरा हो। संसारमा एउटा यस्तो रोग छ, जुन खाना खाएपछि मानिसको आँखाबाट आँसु आउछ। यो एक प्रकारको रोग हो, यसलाई ‘क्रोकोडाइल टियर सिन्ड्रोम’ भनिन्छ।

खाना खाँदा मानिसको आँखाबाट आँसु आउनु ‘क्रोकोडाइल टियर्स सिन्ड्रोम’ रोगको कारण हो। यस सिन्ड्रोमबाट पीडित व्यक्तिको रूनुको खानाको स्वाद वा तिर्खासँग कुनै सरोकार हुँदैन। न त मसालेदार खानाको कारणले यस्तो हुन्छ।

यसको कारण ‘लैक्रिमल ग्रन्थि’ हो। यस ग्रन्थीमा नराम्रो प्रभाव परेमा यो सिन्ड्रोम स्वतः उत्पन्न हुन्छ र त्यस्ता रोगीहरूले खाना खाँदा आफूमाथि नियन्त्रण राख्दैन। यो सिन्ड्रोमलाई गुस्टो लक्रिमेसनपनि भनिन्छ।

अडिटिटी सेन्ट्रलको रिपोर्ट अनुसार चीनमा झाङ नामका व्यक्ति यो रोगबाट पीडित छन्। जब उनले मुखमा खानाको टुक्रा राख्छन्, उनको आँखाबाट आँसु बग्न थाल्छ।

रिपोर्टका अनुसार झाङ क्रोकोडाइल टियर सिन्ड्रोम हुनुअघि ‘फेसियल प्यारालाइसिस’बाट पीडित थिए। यो गम्भीर रोगबाट बाहिर निस्कदै गर्दा उनलाई अर्को रोगले सताएको थियो।

रिपोर्टका अनुसार विश्वभरबाट करिब ९५ जना यस रोगबाट पीडित छन्। यो चिन्ताको विषय हो कि डाक्टरहरूसँग यो रोगको कुनै सही उपचार छैन। एजेन्सीको सहयोगमा

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।